चुनावी परिणामले लगभग अन्तिम आकार लिइसक्दा सत्ता गठबन्धनले मुख्य तीन सहितका महत्त्वपूर्ण पदमा शक्ति बाँडफाँटमा ध्यान केन्द्रित गरेका छन्।

यही गठबन्धन कायम रहने अवस्थामा यतिखेर प्रधानमन्त्री र राष्ट्रपतिको पद कसरी बाँडफाँट गर्ने भन्ने सबैभन्दा ठूलो सकसको रूपमा देखिएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा र प्रचण्डबीचको आलोपालो हुने कुनै समझदारी भएको भए त्यससँगै मुख्य पद बाँडफाँटको समस्या देखा पर्ने उनीहरूको टिप्पणी छ।

 

१९ मङ्सिरमा पहिलोपटक बसेको वर्तमान सत्ता गठबन्धनको बैठकले आफूहरूबीचको सहकार्यलाई ‘निरन्तरता दिन जरुरी रहेको’ निष्कर्ष निकालेको थियो।

 

Your Views
Related News