बनेपा : काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार बा३ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो। उनका अनुसार बनेपा नगरपालिका वडा-११ सल्लेबाट बेथानचोक-५ चल्टीमा ब्रतबन्दमा पुगेर फर्केको बस दुर्घटनामा परेको हो।

प्रहरी प्रमुख जोशीले १३ जनाको घटनास्थलमा र ४ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए। घाइतेहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

 

Your Views
Related News