नयाँ प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रधानमन्त्री प्रचण्डले सोमवारै सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्।

नयाँ मन्त्रिमण्डलमा नेकपा एमालेका मन्त्रीहरूको नेतृत्व गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन्। माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन्।

 

Your Views
Related News