गत महिना भएको निर्वाचनबाट संसद्‌को सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्नै अडानका कारण सत्ताबाट बाहिरिनु परेको भन्दै कतिपय कांग्रेस नेताहरूले नै पार्टी नेतृत्वको आलोचना गरिरहेका छन्।

त्यस्ता नेतामध्ये केहीले पार्टी सभापतिका रूपमा देउवाले खेलेको भूमिका “गलत देखिएकाले” उनले राजीनामा दिनुपर्ने माग पनि सार्वजनिक रूपमै गरेका छन्।उनीहरूका बुझाइमा देउवा अब पार्टी सभापति र संसदीय दलको नेताका रूपमा समेत पदमा रहनु उपयुक्त छैन।

तर देउवा निकट नेताहरू उनले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको र पछिल्लो सत्ता साझेदारी प्रकरणमा “प्रचण्डको” दोष धेरै रहेको ठान्छन्।

 

Your Views
Related News