नुवाकोट: मापदण्ड विपरीत चलेका नुवाकोटमा ४२ क्रसर उद्योग शिल भएका छन्। जिल्ला प्रशासन कार्यालयले स्थलगत अनुगमनसहित मापदण्ड विपरीतका क्रसर उद्योग शिल गरेको हो। नुवाकोटमा चार दिनदेखि क्रसर उद्योग अनुगमन जारी छ।

चार दिनको अवधिमा ४५ क्रसरमा शिल गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। १२ स्थानीय तह रहेको नुवाकोटको विभिन्न स्थानमा ४५ क्रसर तथा वालुवा प्रशोधन केन्द्रको स्थलगत अनुगमन गरी शिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।

अर्यालकाअनुसार पहिलो दिन ६, दोस्रो दिन १७, तेस्रो दिन १८ र चौथो दिन चार वटा क्रसर तथा वालुवा प्रशोधन केन्द्रमा अनुगमन गरी ताला लगाइएको छ। अर्यालको नेतृत्वमा गएको सरोकारवाला कार्यालयका प्रमुख, प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरेर वटा क्रसर तथा वालुवा प्रशोधन केन्द्रमा ताला लगाएर शिल गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

 

Your Views
Related News