काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमान दुर्घटनास्थलमा उद्दारमा जुट्न निर्देशन दिएका छन्। प्रचण्डले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै उद्दारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन दिएका हुन्।

सबै औपचारिक कार्यक्रम रद्द गरि प्रधानमन्त्री प्रचण्ड अवस्था बुझ्न एयरपोर्ट पुगेका हुन्। प्रधानमन्त्रीले आजै मन्त्रीपरिषदको बैठकसमेत बोलाएका छन्।

यति एयरको एनवाईटी ६९१ कल साइन विमानमा ६६ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका छन्। यात्रुमध्ये १० जना जति विदेशी नागरिक (पर्यटक) भएको बताइएको छ।

काठमाडौंबाट बिहान १०: ३३ बजे पोखरा उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान ल्याण्ड हुन लाग्दा ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

Your Views
Related News