काठमाडौंः त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको आचार संहितासम्बन्धी निर्देशिका २०७९ बारे छलफल भएको छ । त्रिभुवन विश्वविद्यालयमा भएको छलफलमा विश्वविद्यालयका पदाधिकारी र संयुक्त विद्यार्थी संगठनको सहभागीता रहेको थियो ।

स्ववियु निर्वाचनलाई स्वच्छ,स्वतन्त्र र भयरहित रूपमा संचालन गर्न ‘स्ववियु निर्वाचन आचार संहिता सम्बन्धि निर्देशिका २०७९’ जारी गरिएको छ ।  स्ववियु निर्वाचन स्वच्छ,स्वतन्त्र र भयरहित रूपमा गराउने प्रयोजनार्थ केन्द्रीय अनुगमन तथा समन्वय समितिले आचार संहितामा उल्लेख भएका कुराहरूलाई पूर्णरूपमा पालना भएनभएको अनुगमन गर्नेछ । त्रिवि अनेरास्ववियु इन्चार्ज मदन बिष्टले निर्वाचनलाई भयरहीत वातावरणमा सम्पन्न गराउने विषयमा छलफल भएको अन्नपूर्णलाई जानकारी दिए ।

स्ववियु निर्वाचनका लागि आवश्कता अनुसार निर्णको समन्वय गर्ने उल्लेख छ ।स्ववियु निर्वाचनको शिलशिलामा कुनै कानुनीविवाद उत्पन्न भए त्यसको निरूपणका लागि आवश्यक कार्य गर्ने निर्देशिकामा उल्लेख छ । स्ववियु निर्वाचन गर्ने दिन निर्वाचनसम्बन्धी क्रियाकलापलाई व्यवस्थित गर्न मतदान समय, मतदाता नामावली, प्रचार प्रसार सामाग्री,खर्चसिमालगायतका कार्यका लागि सम्बन्धीत क्याम्पस/कलेज र मतदान अधिकृतसहितको टोलीलाई जिम्मेवारी दिइनेछ । सम्बन्धित क्याम्पस / कलेजले स्ववियु निर्वाचन तालिका बनाई कार्यान्वयन गर्ने योजना छ । निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दाखिला गर्ने दिन उम्मेदवारको उमेर २८ वर्ष ननाघेको हुनुपर्नेछ ।

स्ववियु कार्यसमितिमा २०० जना सम्म विद्यार्थी भएकोमा ११ सदस्यीय,२०१ देखि १००० सम्म १५ जना, एक हजार एक देखि तीन हजारसम्म १९ जना र तीन हजार १ देखि माथि २१ जनाको पदाधिकारी र सदस्य रहने व्यवस्था छ । स्वयिु निर्वाचनमा कुनै संघ,संगठन वा समूहले समानुपातिकतर्फ मात्र पनि निर्वाचनमा सहभागी हुन सक्नेछ । एक तहको अध्ययन सकेर उतिर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना हुन पाउने छैन तर विषय परिवर्तन गरी अध्ययन गर्न नियमित विद्यार्थीको रूपमा क्याम्पस भर्ना हुन सक्नेछ । प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने विषयको ट्रान्सकृप्ट नपाउने अवस्थाका विद्यार्थीहरू मतदाता हुन सक्नेछैनन् ।

 

Your Views
Related News