काठमाडौं: रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ। गृहमन्त्रालयको दावी गरेको रास्वपाले नपाएपछि आइतबारदेखि सरकारबाट बाहिरिएको हो।

सत्ता साझेदार दलमा गृहमन्त्रालयसहित दुई मन्त्रालयको जिम्मेवारी पाएको रास्वपाले पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुँदा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लामिछानेले लिएका थिए।

नागरिकता सम्बन्धि मुद्दाको फैसलामा लामिछाने दोषी देखिएको ठहरसँगै सर्वोच्चले सांसद पद र उपप्रधान तथा गृहमन्त्रीसहित पार्टी सभापति हुन नसक्ने फैसला सुनाएसँगै रास्वपा आन्तरिक संकटमा परेको थियो।

लामिछानेले जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट नागरिकता लिएसँगै पार्टी सभापति नियुक्त भएपछि सत्ता साझेदार दलभित्र गृहमन्त्रालय पाउन धेरै लविङ गरेका थिए। उनले आफैँ गृहमन्त्री पाउनुपर्ने नभए रास्वपालाई गृहमन्त्रालय दिनुपर्ने दवाव दिए पनि सत्ता साझेदार दलबीच सहमति नजुट्दा रास्वपा सरकारबाट बाहिरिएको हो।

 

Your Views
Related News