गोरखा : गोरखा सदरमुकामको मुख्य सडकमा ‘कुकर बम’ भित्र बारुद, सिसा भेटिएको छ। गोरखा नगरपालिका-९ कट्टेलचोकको बीच सडकमा शंकास्पद वस्तु भेटिएको उक्त कुकरमा केही बारुद र सिसा रहेको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए।

उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोली आएर डिस्पोज गरेको एसपी श्रेष्ठले बताए। ‘कुकर बम’सँगै हँसिया हथौडा अंकित झण्डा पनि राखिएको छ । बिहान पाँच बजे कुकर बम जस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीमा खबर गरेका थिए।

बम डिस्पोज गरेसँगै बिहान ५ बजेदेखि अवरुद्ध रहेको गोरखा आँबुखैरेनी सडक सुचारु भएको छ।

एमसीसी कार्यान्वयनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रेस विज्ञप्ति जारी गर्दै आज नेपाल बन्दको आह्वान गरेको थियो। राष्ट्रिय स्वाधिनताको रक्षा र दलाल संसदीय व्यवस्थालाई खारेज गर्नको निम्ति भन्दै माओवादीले आज नेपाल बन्दको घोषणा गर‍ेको हो।

एमसीसी नेपालको संविधानभन्दा माथि रहेर राष्ट्रघाती एमसीसीको नाटक मञ्चन गर्दै व्याख्यात्मक टिप्पणी भन्दै पारित गरेर नेपाल जस्तो भौगोलिक हिसाबले विकट र आर्थिक हिसाबले टाट पल्टिन लागेको हाम्रो देशलाई राजनैतिक दाउ पेज बनाउदै विदेशिक शक्तिको क्रिडास्थल बनाउन लागेको भन्दै माओवादीले विरोध गरेको विज्ञप्तिमा उल्लेख छ।

 

Your Views
Related News