काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफ्नी श्रीमती चढेको सरकारी गाडी रोकेको भन्दै गृह मन्त्रालयमा समेत फोन गरेर आक्रोश व्यक्त गरेको पाइएको छ ।

सार्वजनिक बिदाको दिन गुडेको सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले सोधपुछ गरेर छाडिसकेपछि शनिवार उनले गृहमन्त्रीको सचिवालयमा फोन गरेर आक्रोश व्यक्त गरेको खुलेको हो ।

त्यसपछि गृहमन्त्रीको सचिवालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जीतेन्द्र बस्नेत र प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीलाई फोन गरेर घटनाबारे जानकारी लिएको थियो ।

 

Your Views
Related News