काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) २०२३/०२४ को लागि आइतबार सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछाने सहित अक्सनमा रहेका ५ नेपाली क्रिकेटर अनसोल्ड भएका छन् ।

ड्राफ्टमा अटाएका नेपालका लामिछाने सहितका देव खनाल,आसिफ शेख,आरिफ शेख र अर्जुन साउद अनसोल्ड भएका हुन् । आरिफ, आसिफ र देव पहिलो पटक विदेशी लिगको ड्राफ्टमा अटाएका थिए ।

सन्दीप लामिछानेले भने यसअघि नै बीबीएल खेलिसकेका छन् । आसन्न बीबीएलका लागि खेलाडी छनोटका लागि खेलाडी ड्राफ्ट भएको थियो ।

यस संस्करणको बीबीएल डिसेम्बर ७ बाट सुरु हुदैछ ।

 

Your Views
Related News