काठमाडौं । नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको छ ।

एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।

साथै सोमपाल कामीले अर्धशतक पूरा गर्न चुकेका छन् । तर उनले ५६ बलमा २ छक्का को साथमा ४८ रन बनाउन सफल भए।

दीपेन्द्र सिंह ऐरीले २९, गुल्सन झाले २३ रन बनाए।त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। भीम सार्की ७, रोहित पौडेल ५, कुशल मल्ल २ रन बनाउँदा, सन्दीप लामिछाने ९ र करण केसी २ रनमा अविजित रहे। ललिता राजबंशी भने शून्य रनमै आउट भए।

त्यस्तै भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन-तीन विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डे र श्रदुल ठाकुरले एक-एक विकेट लिए।

 

 

 

Your Views
Related News