अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको ४ वर्षसम्ममा काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने दाबी गरेका छन्  ।

११० औं बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन हुन नसकेको बताएका हुन्।

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने उल्लेख छन् ।

‘हामीले पहिला लुम्बिनी र पोखरा एयरपोर्ट बनायौं,’ उनले भने, ‘सबैभन्दा पहिला हामीले निजगढ बनाउनु पर्दथ्यो । हाम्रो कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौं ।’

 

Your Views
Related News