नुवाकोट : सुर्यगढि गाउपालिकाका मेयर सन्त बहादुर घले (तामङ)ले शिक्षकले स्कुल बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन्।

मेयर घलेले फेसबुकमार्फत पठनपाठनमा अवरोध पुर्‍याए कानुनअनुसार कारबाही हुने चेतावनी दिएका हुन्।

विज्ञप्ति जारी गर्दै शिक्षकहरुले आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि अर्थमा क्षम्य नहुने भएकाले आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही  गर्ने जनाएकाे हुन्।

विगेप्ति

केका लागि आन्दोलन ?

सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले   हिजोबाट काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन ।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका थिए । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका शिक्षकहरुलाई वार्तामा आउन शिक्षा मन्त्रालयले आह्वान गरे पनि शिक्षकहरु वार्तामा बसेका छैनन् ।

 

Your Views
Related News