काठमाडौं- शनिबार साँझ रुपन्देहीको मा मिटरब्याजी साहु र पीडितबीचको छलफलमा विवाद हुँदा झडप भयो। झडपमा साहु पक्षले १० जना पीडितलाई मरणासन्न हुने गरी कुटपिट गरे।

ती साहु-महाजन विरुद्ध जिल्ला प्रशासन कार्यालयमा पीडितका थुप्रै निवेदन परेका थिए। सो निवेदनको सन्दर्भमा छलफल हुँदा साहुहरुले कुटपिट गरेको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति रुपन्देहीका अध्यक्ष उमेश कोरीले जानकारी दिए। साहु र पीडितबीच झगडा परेपछि मिटरब्याज संघर्ष समिति रुपन्देहीका उपाध्यक्ष बर्खु चमार विवाद मिलाउन पुगेका थिए।

‘मिटरब्याजपीडित र मिटरब्याजी साहुलाई राखेर छलफल गराउने क्रममा पीडितको पक्षमा बोलेको भन्दै साहु पक्षले चमार लगायत अरु ९ जनालाई कुटपिट गरेको थियो। बनार्सी बनियाको उक्साहटमा कुटपिट भएको रहेछ,’ बिकले भने।

साहुहरुले पहिलादेखि नै योजना बनाएर चमार र उनको परिवारमाथि कुटपिट गरेको बिकको भनाइ छ। उपाध्यक्ष चमारको अवस्था निकै गम्भीर रहेको उनले बताए। कुटपिटबाट घाइते पीडितलाई उपचार गराउन साहु-महाजनले चासो नदेखाएको र गाउँले मिलेर उपचार गराइरहेको उनले बताए।

कुटपिट गर्नेमध्ये ४ जना साहुलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए। कुटपिट गर्नेमध्येका राममिलन यादव र रामनयन यादव फरार भएको उनले बताए। उनीहरु सो क्षेत्रको ठूलो मिटरब्याजी महाजन भएको र उनीहरुका विरुद्ध थुप्रै निवेदन परेकाले योजना बुनेर कुटपिट गरेको बिकले बताए।

सरकारले मिटरब्याजी साहुहरुलाई कार्बाही गर्ने संयन्त्र लचिलो हुँदा पीडितले थप पीडा खेप्नु परेको उनी बताउँछन्। मिटरब्याज जाँचबुझ आयोगले छलफलको नाउँमा पीडितलाई दबाब दिएर जबरजस्ती सहमतितिर लैजानाले पीडितले न्याय पाउन नसकेको उनको भनाइ छ।

यसरी बेलाबेलामा साहुले पीडितलाई कुटपिट गर्ने तथा विभिन्न यातना दिएर दुःख दिने गरिरहेको छ। यो बेला सरकार भने आयोगका नाममा पीडित र साहुबीच सहमति गराउने नाटक मञ्चन गरिरहेको मिटरब्याज पीडितविरुद्ध संघर्ष समितिका सल्लाहकार एवं अभियन्ता नीर्ग नवीनले बताए।

‘अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगले अहिले गैरकानुनी काम गराइरहेको उनको भनाइ छ। ‘मिटरब्याजी साहु र पीडितलाई जिल्ला प्रशासन कार्यलयमा बोलाएर कुरा गराउँछन्। जमिन फिर्ता गरायौँ भन्छन्। साहुले त्यो जमिन धितो राखेर कर्जा लिएको हुन्छ। पीडितले फिर्ता पाएको छैन,’नवीनले भने।

 

Your Views
Related News