दाङ : सल्यानको गरिपारे मेलाबाट यात्रुहरू लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा १५ जनाभन्दा बढी घाइते भएका छन्।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ गरिपारेमा शुक्रबार लागेको स्थानीय मेलाबाट यात्रुहरु बोकेर शारदा नगरपालिकाको स्यानीखालतर्फ जाँदै गरेको लु१ज १८६१ नम्बरको सफारी जीप दुर्घटना भएको हो।

भित्री कच्चि सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिप सडकबाट करिब ६० मिटर तल खसेको छ। जिपमा सवार चालकसहितका यात्रुहरू घाइते भएको र उनीहरूलाई उपचारका लागि श्रीनगर पठाइएको छ।

 

Your Views
Related News