काठमाडौँ — एमाले वाग्मती प्रदेश अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी भएका छन् । उनी कृष्ण दाहाललाई हराउँदै प्रदेश अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत प्राप्त गरे । त्यस्तै दाहालले ४३९ मत प्राप्त गरे ।

पहिलो प्रदेश अधिवेशनमा सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्य चयनको पहल भए पनि अन्तिममा शुक्रबार निर्वाचन भएको थियो । शीर्ष नेताहरुले सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गरेपछि असफल भएपछि शुक्रबार दिउँसो विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनमामतदान भएको थियो। मतदानमा ११ सय ३५ मत खसेको थियो ।

उपाध्यक्षको प्रतिस्पर्धामा ईश्वरचन्द्र पोखरेल, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरीसमेत थिए ।त्यस्तै प्रदेश सचिवमा नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका नवराज सिलवाल विजयी भएका छन् । सिलवाल १ मतको अन्तरले प्रदेश सचिवमा विजयी भएका हुन् । सिलवालले ५६८ मत ल्याउँदा सचिवकै अर्का प्रत्याशी हस्त पण्डितले भने ५६७ मत प्राप्त गरेका छन् । त्यस्तै खुला उपसचिवकमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित भएका छन् ।

 

 

Your Views
Related News