हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको नवौं दिन नेपालको पुरुष क्रिकेट टोलीले क्वाटरफाइनल यात्रा तय गरेको छ ।

आइतबार माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नवौं दिनसम्म पदक विहिन बनेको नेपालले क्रिकेटमा भने समूह चरण पार्दै गर्दै पदकको आशालाई कायम राखेको छ ।

यसअघि मंगोलियालाई पराजित गरेको नेपाल समूह ए को विजेता बनेर क्वाटरफाइनल पुगेको हो । तुलनात्मक रुपमा कमजोर टोद्यीलाई पराजित गरेको नेपालले आगामी खेलमा भने टेष्ट राष्ट्रसँग खेल्नुपर्नेछ । तर विपक्षी निश्चित भइसकेको छैन ।

नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशमध्ये एक टिमसँग खेल्ने छ । यी चार टिमसहित वरीयताका आधारमा अफगानिस्तान सिधै सिधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइन पुग्नेछन् ।

समूह चरणको खेलहरु सोमबार सकिएपछि क्वाटरफाइनलको ड्र हुनेछ । क्वाटरफाइनल खेल मंगलबार र बुधबारलाई तय गरिएको छ ।

 

Your Views
Related News