हेटौंडा : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा त्यसका संरक्षकहरू संगठित भएर आक्रमण ढंगले लागेको बताएका छन्।

सोमबार हेटौंडामा सम्बोधन गर्दै उनले वर्तमान सरकारले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बाहिर पठाउने गिरोहलाई अनुसन्धान गरेर कानुनको दायरामा ल्याई केही व्यक्तिहरू अहिले जेलमा रहेकोसमेत बताए।

उनले भने, ‘ललिता निवासको काण्डमा पनि सरकारी जग्गा मालपोत कार्यालयका कर्मचारीहरू, राज्यका कतिपय अधिकारीहरू र दलालहरू मिलेर व्यक्तिको नाममा बनाएर राज्यलाई लुट्ने कार्यको पनि वर्तमान सरकारले प्रहरीद्वारा अनुसन्धान बढाएर अदालत पुर्‍याएका छौं।’

सरकारको जग्गा सरकारकै नाममा ल्याउने आधार तय भइसकेको भन्दै उनले सरकार त्यसका पहल गरिरहेको बताए।

त्यस्तै सुन तस्करीको विषयमासमेत अनुसान्धान प्रक्रिया अघि बढिरहेको बताए। ‘यस्ता भष्ट्रचार र अपराधविरुद्धका काम गर्दा तिनीहरू संगठितरूपमा मन्त्रीको वा सरकारप्रति आक्रमण ढंगले अघि बढिरहेका छन्,’ उनले भने, ‘यो अभियान निरन्तर चलिरहन्छ।’

 

Your Views
Related News