विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्।

कार्कीले आज नै पदबाट राजीनामा दिएका हुन्। उनले प्रदेशसभाबाट आजै विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउने अवस्था नबनेपछि उनले राजीनामा दिएका हुन्।

विश्वासको मतको प्रयोजनका लागि बोलाइएको प्रदेशसभालाई सम्बोधन गर्दै उनले मत परीक्षण नगरिकन राजीनामा दिएको घोषणा गरेका थिए।

त्यसपछि प्रदेश प्रमुखसक्षम राजीनामा बुझाएका हुन्। कार्कीसहितका एमाले नेताहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाए।

 

Your Views
Related News