काठमाडौं : सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा एकजना युवती मृत फेला परेकी छन्। ललितपुर इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान  श्रीगेष्ट हाउसमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। प्रहरीका अनुसार उनी गत असोज ८ गतेदेखि एक युवकसँग गेष्ट हाउसमा बस्दै आएकी थिइन्।

२० वर्षीया राउत होटलको कोठा भित्रबाट लक गरेको अवस्थामा मृत भेटिएकी थिइन् । प्रवक्ता ढुंगेले भनेन्,’यहि आइतबार उनीसँगै बसेका युवक पैसा सकिएको भन्दै पैसा लिन घर गएका थिए । सोमबार बिहान उनी फर्किएर आउँदा कोठा भित्रबाट लक थियो । प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा उनी कोठामा लडिरहेकी थिइन ।’

घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ।

 

Your Views
Related News