
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले कोभिड–१९ को बेला नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था रहेको दाबी गरे ।
वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीको करार स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा थप नगर्ने निर्णय भएको थियो ।
यसले अस्पतालको सेवा प्रवाह प्रभावित भएको छ । मन्त्री बस्नेतले भने चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गर्ने बताएका छन् । स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै उनले छिट्टै चिकित्सा शिक्षा ऐन संशोधन गरिने समेत बताएका छन् ।
Your Views
Related News