पश्चिमी अफगानिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ। पाँच दिनअघि पनि त्यहाँ ठूलो भूकम्प जाँदा धनजनको क्षति भएको थियो।

स्थानीय समयानुसार बिहान ५ः१० मिनेटमा फेरि पनि ६.३ म्याग्निट्यूडकै भूकम्प गएको विवरणमा जनाइएको छ।

हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा भूकम्पले केन्द्रबिन्दु बनाएको बताइएको छ।

 

यसअघि १,००० जनाभन्दा बढीको ज्यान जाने गरी शनिवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो।

क्षतिको विवरण आउन बाँकी

अहिलेको भूकम्पले पुर्‍याएको क्षतिका विवरण आउन बाँकी छ।

तर शनिवारको भूकम्पपछि घर गुमाएका मानिसहरू खुला आकाशमुनि सुतिरहेका बेला अर्को भूकम्प गएको हो।

भूकम्पपीडितलाई उपलब्ध गराउनका लागि कम्बल, खानेकुरा र अरू सामग्री अभाव देखिएको छ।

शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कैयौँ गाउँहरू ध्वस्त पारेको थियो।

 

Your Views
Related News