हेटौंडा : चिकित्सक कुटपिटको घटनामा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत मकवानपुरका न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले घटनामा संलग्न ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।

अदालतले पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीनलाई जनही २–२ लाख रुपैयाँ धरौटी बुझाउन आदेश गरेको हो।

गत भदौ २७ गते हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो हस्पिटलमा कार्यरत दुई जना चिकित्सकमाथि भएको आक्रमणको घटनामा संलग्न रहेको अभियोगमा उनीहरु पक्राउ गरेका थिए।

सोही घटनामा संलग्न अर्का आरोपित हेटौंडा–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई मकवानपुर प्रहरीले बुधबार पक्राउ गरेको छ। स्याङ्तानलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उक्त घटनामा संलग्न १३ जनाविरुद्ध उजुरी परेकोमा अझै ६ जना फरार रहेका र उनीहरुको खोजी कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

 

Your Views
Related News