काठमाडौं : नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले एकजुट भए कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन्।

नेपाली कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले कांग्रेसलाई कसैले हराउन नसक्ने र हराएभने कांग्रेसले नै हराउने बताए।

कांग्रेस एकजुट भएको खण्डका कांग्रेस बलियो हुने उनको भनाइ छ। पार्टीभित्र रहेको इतिहास र विचारका कारण काङ्ग्रेस अरु पार्टीभन्दा बलियो रहेको उनको भनाइ छ। उनले मुलुकमा महिलालाई आरक्षणभन्दा पनि सबै क्षेत्रमा समान सहभागीता र अवसरको खाँचो रहेको बताए।

 

Your Views
Related News