काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुरु गरेको छ। यस वर्षको दसैं, तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट साट्न सुरु गरेको पहिलो दिन नै बैंकमा नोट साट्न मानिसहरुको भीड लागेको छ।

यस वर्ष ५, १०, २०, ५० र १०० दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार नोट सटही गरिने राष्ट्र बैंकले जनाएको छ।

मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यका अनुसार करिब १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही अनुमान गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष सटही खुलाउनमा ढिलाइ भएको हो। गत वर्ष घटस्थापना  आउनु ८–१० दिनअघिबाटै नयाँ नोट दिन सुरु गरिएको थियो।

 

Your Views
Related News