काठमाडौं : एसिसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएको छ। शुक्रबार जापानले हङकङलाई ५७ रनले हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गर्दै नेपाललाई प्रतिद्वन्द्वी पाएको हो। नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

नेपालले इरान, बहराइन र साउदी अरेबियालाई हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको थियो। नेपाल र जापानको सेमिफाइनल खेला शनिबार हुनेछ।

त्यस्तै दोस्रो सेमिफाइनल युएई र सिंगापुरबीच हुनेछ। फाइनल खेल्ने टोली र तेस्रो स्थान हासिल गर्ने टोलीले यु-१९ एसिया कप खेल्ने एसियन क्रिकेट काउन्सिलले जनाएको छ।

 

Your Views
Related News