साउदी अरेबिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व संयोजक पदमा राजेन्द्र अर्याल विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा मध्यपूर्व संयोजक पदका  प्रत्यासी कृष्ण बहादुर हमाल लाई पराजित गर्दै अर्याल संयोजक पदमा निर्वाचित भएका हुन् ।

११औं विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि  भएको निर्वाचनमा  अर्याल ५९२  मतसहित विजयी हुँदा हमाले २६२ मत प्राप्त गरेका थिए । अर्याल २०२३–२०२५ कार्यकालका लागि मध्यपुर्व संयोजकको पदमा ६ बुँद्दे घोषणा पत्र सहित उम्मेदवारी दिएका थिए भने यसअघि पनि अर्याल २०२१(२०२३ का  मध्यपूर्व संयोजकका रुपमा  कार्यरत थिए ।

साथै अर्याल श्रमिकको हकहितको लागि राहत र उद्दार कार्यमा सदैव तत्पर रहने,मध्यपूर्वमा श्रमिकका समस्या समाधानमा सदैब सक्रिय रहने तथा  ‘सेवा नै धर्म हो’भन्ने भावनाबाट प्रेरित भएर सामाजिक कार्य गरिरहेका अर्याल  मध्यपूर्वबाट सक्षम,सबल,समाजसेवी तथा अभियन्ता एवं कुशल नेतृत्वको रूपमा अर्याललाई  चिनिन्छ ।

 

Your Views
Related News