हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ स्थित मकैघारीमा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

आज बिहान करिब ३:३५ बजे कुलेखानी मातातीर्थ सडकखण्डमा वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र ०३-००१ ज ०२८३ नम्बरको सुमो आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइतेलाई अहिले उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Your Views
Related News