नुवाकोट : बेलकोटगढि ७ नुवाकोट बुधसिङ्गघाट मा बस र मोटरसाइल ठोकिदा मोटरसाइलमा सवार एकजनाकाे घटना स्थलमा नै मृत्यु भएको छ।

आमा छोरा सवार मोटरसाइल करिव ११ बजे तिर याक्सिडेन्ट परेको थियो।

बेलकोटगढी-७ बुधसिंघाटमा बा ४ ख ५७९३ को नम्बरको बसले वाग्मती प्रदेश ०३ ००४ प ९२१५ नम्बरको मोटरसाइकललाई बिहीबार ११.४५ तिर ठक्कर दिँदा अन्दाजी ५० वर्षीया सावित्रा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटको सञ्चार शाखाले जनाएको छ । शाखाका अनुसार बसको ठक्करबाट घाइते २३ वर्षीय अर्जुन अधिकारीलाई उपचारका लागि त्रिशूली अस्पतालमा लगेको थिए ।

घाइते अर्जुनलाई त्रिशूली अस्पतालमा उपचार नभएपछि काठमाडौं रिफर गरिएको छ । बस घटनास्थलमै रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

 

Your Views
Related News