एजेन्सी : इजरायलले आफ्नो भूमिमा आक्रमणको योजना बनाउने हमासका मुख्य कमाण्डर मारेको दावी गरेको छ। सात अक्टुबरमा इजरायलमाथि आक्रमणको योजना बनाउने हमासका कमाण्डर मारिएको इजराइली सेनाले बताएको हो।

यसअघि इजराइली सेनाले अक्टुबर ७ को हमलाको योजनामा सहयोग गर्ने हमासका एक वरिष्ठ कमाण्डर मारिएको बताएको थियो। इजराइली सेनाले देशको सुरक्षा एजेन्सी सिन बेटको गुप्तचरको निर्देशनमा लडाकु विमानले हमासका मुख्य कमाण्डरलाई मारेको जनाएको छ।

तर, यो समाचार बीबीसीले पुष्टि गर्न नसकेको बताएको छ। हमासले भने यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

 

Your Views
Related News