काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। प्रधामन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली आज सिंहदरबार पुगेका थिए।

उनीहरूबीचमा टिआरसी र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ। कोसी प्रदेशमा कांग्रेससँग मिलेर एमालेसमेत सरकारमा सहभागी भएको छ।

कोसीमा सरकार निर्माणका क्रममा गठबन्धनमा देखिएको मतभेदलाई लिएर प्रधानमन्त्री दाहाल कांग्रेससँग सशंकित भएका छन्। नेपाली कांग्रेसका नेता शेखर कोइरला पक्षधर नेताहरूले वर्तमान गठबन्धन र प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना गर्दै आएका छन्।

 

Your Views
Related News