काठमाडौं : कतारका राजा नेपाल आउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजा शेख तामिम विन हमद अल थानी छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन्।

नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएलगत्तै कतारका राजा नेपाल भ्रमणमा आउने बताए। उनले यसलाई नेपालको कूटनीतिक सफलता भएको दाबी गरे।

‘मैले भारत, अमेरिका र चीनको भ्रमण गरी समग्र देशको विकास निम्ति कूटनीतिक पहल गरेको छु। त्यसकै कारण होला संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ,’ उनले भने,’ ‘उहाँ फर्किएपछि छिट्टै कतारको राजा पनि आउँदै हुनुहुन्छ। यो कूटनीतिक सफलताकै रूपमा मैले लिएको छु।’

महासचिव गुटेरेस नेपालमा भ्रमणमा रहँदा जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको भनाइ छ। त्यस्तै शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे पनि छलफल हुने उनले बताए। ‘मैले यसबारे गम्भीररूपले महासभामा कुरा उठाएको थिएँ। हाम्रो कूटनीतिक सफलताकै कारण आज उहाँ आउँदै हुनुहुन्छ,’ उनले भने।

 

Your Views
Related News