
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत भएका छन् । आइतबार बसेको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गरेका हुन्।
यसअघि दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक कार्तिक १६ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ ।