
काठमाडौं : सिंगापुरविरुद्धको खेलमा नेपालले चौथौ सफलता हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोट खेलको सातौं ओभरमा गुल्सन झाले चौथो विकेट लिएका हुन्।
झाले ७.५ ओभरमा अमार्त्य कौललाई आउट गरेका हुन् । सातौं ओभरमै झाले रोहन रंगराजनलाई पनि आउट गरेका थिए। यस अगाडि सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट लिए।
लामिछानेले सुरेन्द्र चन्द्रमोहनलाई र केसीले सिंगापुरका कप्तान अरित्र दत्तलाई आउट गरेका हुन्। अहिले सिंगापुरले ८.२ ओभरमा ५७ रन बनाएर खेलिरहेको छ।
सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो।