
काठमाडौं : सिंगापुरले आठौं विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोट खेलमा अभिनाश बोहराले आठौं विकेट लिएका हुन्।
बोहराले १७.४ ओभरमा अनान्था कृष्णा र १७.२ ओभरमा थिलिप ओमामदुराई थिलाप्पनलाई आउट गरेका छन्।
यस अगाडि करण केसी, सन्दीप लामिछाने र गुल्सान झाले २/२ विकेट लिएका थिए। केसीले मनप्रीत सिंह र सिंगापुरका कप्तान अरित्र दत्तलाई आउट गरेका थिए।
लामिछानेले जनक प्रकाश र सुरेन्द्र चन्द्रमोहनलाई आउट गरे। झाले अमार्त्य कौल र रोहन रंगराजनलाई आउट गरे। अहिले सिंगापुरले १८.४ ओभरमा १३१ रन बनाएर खेलिरहेको छ।
सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो।