काठमाडौं : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। त्यसअघि सभामुख देवराज घिमिरेले महासचिव गुटरेसलाई सम्बोधनका लागि अनुमति दिएका थिए।

महासचिव गुटेरेस सङ्घीय संसद भवन नयाँ बानेश्वर पुग्दा सुरुमा सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले स्वागत गरेका थिए। महासचिव गुटेरेस भवन प्रवेश गरेपछि  सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतले स्वागत गरेका थिए।

 

Your Views
Related News