काठमाडौं : आईसीसी टि – २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा नेपालले आठौं विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा करण केसीले ओमानको आठौं विकेट लिएका हुन्।

केसीको बलमा नसीम खुशीलाई सन्दीप लामिछानेले क्याच आउट गराएका हुन्। उनी १७.३ ओभरको खेलमा १४ बलमा २५ रन बनाएर पवलियनमा फर्किए। केसीले यस अगाडि पनि खेलको पहिलो ओभरमै विकेट लिएका थिए।

यस अगाडि पूर्वकप्तान सन्दीप लामिछानेले एउटै ओभरमा २ विकेट, सोमपाल कामीले २ विकेट, गुल्सन झाले १/१ विकेट लिएका छन्।

अहिले ओभर १८.१ औं ओभरको समाप्तिसँगै ८ विकेटको क्षतिमा १२३ रन बनाएर खेलिरहेको छ।

 

Your Views
Related News