

काठमाडौं : आईसीसी टि – २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा नेपालले सातौं विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा अविनाश बोहराले ओमानको सातौं विकेट लिएका हुन्।
बोहराको बलमा जिशान मकसूदलाई आशिफ शेखले क्याच आउट गराएका हुन्। उनी २६ बलमा ३२ रन बनाएर पवलियनमा फर्किए।
यस अगाडि पूर्वकप्तान सन्दीप लामिछानेले एउटै ओभरमा २ विकेट, सोमपाल कामीले २ विकेट, गुल्सन झा र करण केसीले १/१ विकेट लिएका छन्।
अहिले ओभर १५ औं ओभरको समाप्तिसँगै ७ विकेटको क्षतिमा १०१ रन बनाएर खेलिरहेको छ।