बीरेन्द्रनगर : कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिम क्षेत्र लक्षित आवश्यक निर्णय गर्न प्रदेश मन्त्रीपरिषदको आकस्मिक बैठक बसेको हो ।

भूकम्पप्रभावित क्षेत्रको विषयमा निर्णय गर्न शनिबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसिले बताए । उनका अनुसार बैठक बसिरहेको छ । बैठक पछि प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा स्थलगत जानेछ।

शुक्रबार राती गएको ६.४ म्याग्नेच्युटको भुइँचालोका कारण जाजरकोट र रुकुममा गरी १२८ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

 

Your Views
Related News