काठमाडौं : सरकारले भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई राहतस्वरुप दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा  गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषदको  आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट  ज्यान गुमाएका परिवारलाई दुई लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना  प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

शनिबार राति गएको भूकम्पमा परी जाजरकोटा र रुकुम पश्चिममा १५७ जनाले ज्यान गुमाएका छन् भने करिब दुई सयजना घाइते छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

 

Your Views
Related News