जाजरकोट : भूकम्प पीडितले राहत नपाएको भन्दै भेरी नगरपालिका – ४ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । समयमा राहत वितरण नगरेको र वडाध्यक्षले आफूखुसी आफ्ना मान्छेलाई मात्र राताराता राहत दिएको भन्दै तालबन्दी गरिएको स्थानीय रमेश चन्दले बताए ।

सोमबार बिहान राहत वितरण गर्ने तयारी भएपनि तालाबन्दीका कारण राहत  वितरण हुन सकेको छैन । वडा कार्यालय अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । अत्यावश्यक भएकालाई राती नै वितरण गरिएको र तथ्यांक संकलनमा ढिलाइ भएकोले राहत वितरणमा  ढिलाइ भएको वडाध्यक्ष बसन्त प्रसाद शर्माले बताए। उनले राहत वितरणमा पक्षपात नभएको बताए।

‘वडाबासी सबै मेरा मान्छे हुन्। मैले पीडितलाई दिएको छु । कम जोखिममा रहेकालाई बाँड्ने कार्यक्रम छ। तालाबन्दी गरेर अवरोध भएको छ,’उनले बताए।

 

Your Views
Related News