विराटनगर : कोसी प्रदेशसभामा १० महिनापछि विभिन्न विषयगत समिति गठन भएका छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले महिनापछि प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोयन गरिएका सदस्यहरूको नाम पढेर सुनाइन्। जसअनुसार न्याय प्रशासन तथा विधायन समितिमा १२, सुशासन तथा योजना समितिमा १५, अर्थ समितिमा १३ जनालाई मनोनयन गरिएको छ।

त्यस्तै सार्वजनिक लेखा समितिमा ११, सामाजिक विकास समितिमा १२, उद्योग, पर्यटन तथा वातावरण समितिमा १३ र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा १२ जनालाई मनोनयन गरिएको छ। प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १३३ बमोजिम समितिमा सदस्यहरूलाई मनोनयन गरिएको उपसभामुख दनुवारले जानकारी दिइन्।

बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलसमेत भएको छ। प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान बोलाइएको छ।

 

Your Views
Related News