काठमाडौैं ।नेपाल धितोपत्र बोर्डले ८८ कम्पनीलाई स्पष्टीकरण सोधेको छ। वित्तीय विवरण समयमा पेश नगर्ने ८८ सूचीकृत कम्पनीलाई धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको हो ।

बोर्डले गत आवको र चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण नबुझाएको भन्दै सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ८८ कम्पनीलाई पहिलो चरणमा स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

समयमा नै बोर्डमा बुझाउनु पर्ने विवरण नबुझाउने कम्पनीलाई पत्राचार गरेको १५ दिनमा जवाफ नपठाएको खण्डमा बोर्डले धितोपत्र ऐन अनुसार जरिवाना तिराउन सक्ने व्यवस्था रहेको छ । सो कारण समयमा नै वित्तिय विवरण पेश नगर्ने कमपनीहरुलाई बोर्डले मंगलबार पत्र पठाएको बोर्डका सूचना अधिकारी तेज प्रसाद अधिकारले जानकारी दिएका छन् ।

धितोपत्र बोर्डले साउन ११ गते समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गरेको थियो ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा विवरणहरु त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । समयमा जवाफ बोर्डमा पेश नगरे  बोर्डले कारबाही प्रकृया अघि बढाउने जानकारी दिएको छ।

 

Your Views
Related News