नेपाल प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै मोटो रकम ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।

इस्टोनिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा हाल तार्केश्वर नगरपालिका १ बस्ने गोरखा पृथ्वी नारायण नगरपालिका ६ का ३५ वर्षीय राजेश श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको  छ ।

श्रेष्ठले ५  जनालाई वैदेशिक रोजगारका लागि इस्टोनिया पठाई सुपर मार्केटको स्टोर किपरमा १ लाख ५० हजार रुपैयाँ तलवमा काम लगाइदिन्छु भन्दै पीडितहरूबाट पटकपटक गरी ३४ लाख १३ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएका थिए।

ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

Your Views
Related News