बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। शुक्रबार कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो।

विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी थोरै मात्र घटेपनि वित्तीय आम्दानी घट्दा त्यसको प्रभाव कम्पनीको नाफामा देखिएको हो। यस त्रैमासमा कम्पनीको बिक्री आम्दानी १.८३ प्रतिशत घटेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ४४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ करोड ५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ।

नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ७७ पैसा घटेर ८ रुपैयाँ ८२ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३३.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ।

चालु आर्थिक वर्षको यस त्रैमास सम्म कम्पनीको चुक्ता पुँजी ३ अर्व ४० करोड छ।

 

 

Your Views
Related News