नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा भारी गिरावट आएको छ। लघुवित्तले शुक्रबार सार्वजिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा नाफामा भारी गिरावट आएको देखिएको हो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घटेको हो। यस अवधी सम्म लघुवित्तको खुद ब्याज आम्दानी ६.२१ प्रतिशत घटेर १४ करोड ९१ लाखमा आएको छ। भने खुद फि तथा कमिसन आम्दानी ३३.७३ प्रतिशत बढेर ४ करोड ८८ लाखमा आएको छ। गत वर्ष ३ करोड ६५ लाख थियो।

त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी ०.४४ प्रतिशत बढेर २५ करोड १८ लाख पुगेको छ भने सञ्चालन मुनाफा ४६.२१ प्रतिशत घटेर ७ करोड ८६ लाख पुगेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.९५ प्रतिशतबाट बढेर ४.१७ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत ८३ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण खुद ब्याज आम्दानीको गिरावटदरको तुलनामा सञ्चालन मुनाफाको गिरावटदर धेरै हुन पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। पहिलो त्रैमास सम्म लघुवित्तको यस्तो आम्दानी ४८ रुपैयाँ १७ पैसा घटेर २० रुपैयाँ ३१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रति सेयर नेटवर्थ २०८ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५१.३४ गुणा रहेको छ।

१ अर्ब ८ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब १८ करोड १४ लाख रुपैयाँ सञ्चित छ।  असोज मसान्तसम्ममा लघुवित्तले १५ अर्ब २७ करोड ६७ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १७ अर्ब १६ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 

 

Your Views
Related News