
तारकेश्वर-१ फलाँटेमा रहेको पञ्चमिलन कला देवी मावि सम्म पुग्ने बाटोको स्तरोन्नती हुने भएको छ।
पञ्चमिलन कला देवी माविले आयोजना गरेको शुभ दीपावलीको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले सो बाटोको स्तरोन्नती गर्ने बताएका हुन्।
गाउँपालीका अध्यष अधिकारीले कार्यक्रममा बोल्दै विद्यालय सम्म पुग्नेबाटो निकै नाजुक अवस्थामा रहेको बताउँदै २ साताभित्रै बाटोको स्तरोन्नती गर्ने प्रतिवद्दता व्यक्त गरेका हुन्। अध्यक्ष अधिकारीले ३ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन्।
यस्तै कार्यक्रम व्यवस्थापनका लागि ३० हजार र स्वयमसेवक शिक्षकहरुका लागि ५० हजार बराबरको रकम गाउँपालीकाको तर्फबाट सहयोग गर्ने पनि उनले बताए।
यसका अतिरिक्त विद्यालयका शिक्षक तथा विद्यार्थी प्रोत्शाहान स्वरुप ५/५ हजार राशिको उत्कृष्ट छात्रछात्रा पुरस्कार,बहुप्रतिभाशाली छात्रछात्रा पुरस्कार तथा अनुशासित छात्रछात्र पुरस्कार उपलब्ध गराउने प्रतिवद्दता समेत व्यक्त गरे। साथै १०/१० हजार राशिको शिक्षकशिक्षीका पुरस्कार समेत उनले घोषणा गरेका छन्।
साथै उनले ग्रामीण शिक्षाको गुणस्तर सुधारको अभियानअन्तर्गत भएको शिक्षक सरुवा कार्यान्वयन गर्ने सवालमा गाउँपालिकाले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् । शिक्षा क्षेत्रको संवेदनशीलतालाई मनन गरी राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सरुवा कार्यान्वयनमा सघाउन सबै पक्षलाई आग्रह गर्दै उहाँले अटेरी गर्ने प्रधानाध्यापक र शिक्षकहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।