
काठमाडौं : काठमाडौं उपत्यकामा आज दिउँसो हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिए। ‘उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ। सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन। अबको दुई/तीन घण्टामा वर्षा रोकिएर काठमाडौंको आकास खुल्नेछ।’
पछिल्लो एक घण्टामा काठमाडौं बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको झाले बताए। मौसमी प्रणाली क्रमिकरूपमा सुधार आइ आइतबारदेखि मौसम सफा हुँदै जाने उनले जानकारी दिए।