काठमाडौं : सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द हुने भएको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्,’ टिकटक आजै बन्द गर्ने निर्णय भएको छ। प्राविधिकरुपमा आजैबाट बन्द गर्न साथीहरू खटिरहनुभएको छ।’

उनले टिकटकले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुनथालेपछि  बन्द गर्न निर्णय  गरिएको बताइन्।

बैठकले टिकटक बन्द गर्न सञ्चारमन्त्रालयलाई निर्देशन दिएको बताउँदै मन्त्री शर्माले सञ्चारमन्त्राय र दूरसञ्चार प्राधिकरण तयारी अवस्था रहेको उनले बताइन्।

केहि दिन अगाडि पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले निर्देशिका ल्याएको छ।

सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०८० पारित गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माका अनुसार सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले उक्त निर्देशिका ल्याएको छ।

 

Your Views
Related News